‘अझैं ३ वर्ष सरकारको नेतृत्व गर्छु’ : प्रधानमन्त्री ओली

मंगलबार, २१ माघ २०७६, २२ : १३
‘अझैं ३ वर्ष सरकारको नेतृत्व गर्छु’ : प्रधानमन्त्री ओली

file photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति दृढ रहेकाले त्यसमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

विभिन्न सिञ्चारमाध्यमका सम्पादकसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा उहाँले सो आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘कुनै प्रकारको प्रेस स्वतन्त्रतामा  बन्देज र  सीमित गर्ने कार्य सरकारबाट हुदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारका तर्फबाट प्रेस स्वतन्त्रता विरोधी कुनै काम भए सच्चाउन तयार छौ ।’उहाँले सम्पादकहरुसँग मुलुकको राजनीति र समसामयिक अवस्थाकाबारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग गर्न सम्पादकहरुसँग आग्रह गर्नुभयो ।

उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) हिउँदे अधिवेशनबाट पारित हुने सो अवसरमा बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले आफूले अहिले मिर्गाैलाको डाइलोसिस गरिरहेको जानकारी दिँदै चाँडै नै मिर्गाैला प्रत्यारोपण गर्ने जानकारी गराउनुभयो ।  उहाँले आफूले अझै तीन वर्ष सरकारको नेतृत्व गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । (रासस)