‘बालुवाटारको जग्गामा झन्डा गाडेर केही हुनेवाला छैन’

विहीबार, ०२ माघ २०७६, १६ : ३८
‘बालुवाटारको जग्गामा झन्डा गाडेर केही हुनेवाला छैन’

 काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वालुवाटारको जग्गा कब्जा गर्नु चर्चामा आउने दाउमात्र भएको बताएको छ । 

ललिता निवासको सरकारी जग्गामा विप्लव समूहले झण्डा गाडेको बारेमा मन्त्री बाँस्कोटाले भने, ‘सार्वजनिक चासोको विषयमा कुनै त्यस्तो एक्सन गर्‍यो भने शक्तिशाली देखिन्छ कि भन्ने होला !’ 

मन्त्रीपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लवले कब्जा गर्नुको कुनै अर्थ नहुने बताए । ‘झण्डा गाडेर केही हुनेवाला छैन । सरकारले आफैले छानबिन गर्न लागेको छ ।  त्यो जग्गा नेपाली जनताको हो।’

प्रतिक्रिया दिनुहोस