बगरमा महिलाको टाउको एकातिर, शरीर अर्कोतिर

बुधबार, ०१ माघ २०७६, १५ : ५८
बगरमा महिलाको टाउको एकातिर, शरीर अर्कोतिर

सुनसरी। खोलाको बगरमा टाउको काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको टाउको काटिएको अवस्थामा शव भेटिएको हो ।, 

मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको पनि भेटिएको जनाएको छ । प्रहरीले एक महिलाको शरीर एकातिर, टाउको अर्कोतिर भेटिएको जनाएको छ । 

पह्ररीको अनुसार शवको पहिचान हुन सकेको छैन । चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तर तर्फ भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस