नुवाकोटमा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु

आइतबार, ०६ पुस २०७६, ११ : ३९
नुवाकोटमा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ । घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।