Safal Khabar - तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ
आइतबार, २१ असार २०७७ (Sunday, 5 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ
बुधबार, २७ कार्तिक २०७६, ११ : ४७
तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो । 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस