उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

मंगलबार, १९ कार्तिक २०७६, ११ : २७
उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ । उपनिर्वाचननमा सेना परिचालन हुने भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको हो । परिषद्को यो निर्णयसँगै अब सुरक्षा परिषद्‌बाट स्वीकृत विषय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको नेतृत्वमा चुनावी सुरक्षा कार्ययोजना लागू गर्ने बाटो खुल्ने छ ।

३७ जिल्लामा प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह प्रमुख ४, उपप्रमुख १ र वडाअध्यक्ष ४३ गरी ५३ पदका लागि मंसिर १४ गते निर्वाचन हुँदैछ ।