त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

मंगलबार, ३१ भदौ २०७६, १७ : ४६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

काठमाडौं । मौसम बदलीका कारण दिउँसो केही समय अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको छ । न्यून भिजिविलिटीका कारण अवरुद्ध बनेको विमानस्थल अपरान्हबाट सुरु भएको हो ।  

मौसम बदलीका कारण आज चारवटा विमान डाइभर्ट भएका विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । “बुद्ध एअरका तीन, श्री एअरको एक र इन्डिगो एअरको एउटा विमान मौसमका कारण डाइभर्ट भएका छन्,” प्रवक्ता तिवारीले भने, “अहिले काठमाडौंसहित देशभरका विमानस्थल सुचारु भइसकेका छन् ।” 

यसअघि विहान विभिन्न एअरका आठवटा हेलिकप्टर मौसम प्रतिकूलताका कारण काठमाडौं छिर्न नसकेपछि काभ्रे र सिन्धुलीमा अवतरण गराइएका थिए । अहिले मौसम अनुकूल भइसकेकाले उडान तथा अवतरणमा सामान्य अवस्थामा भइरहेको प्रवक्ता तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस