संविधान दिवसमा नेपाल आउन मोदीलाई ओलीको निम्तो

शुक्रबार, ०६ भदौ २०७६, १६ : २७
संविधान दिवसमा नेपाल आउन मोदीलाई ओलीको निम्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय समकक्षी नरेन्द्र मोदीलाई निम्तो पठाएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटघाटमा ओलीले मोदीलाई प्रमुख अतिथि बन्न निम्तो पत्र दिएका हुन्।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका जयशंकर भारत फर्किसकेका छन्। भारतीय प्रधानमन्त्री मोदी संविधान दिवसमा नेपाल आउने नआउने निश्चित भएको छैन । 

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिन हो । सोही दिन नेपालले चौथो संविधान दिवस मनाउँदै छ ।संविधान जारी गर्ने तयारीमा रहेको बेला संविधानका कतिपय प्रावधानमा असहमति प्रकट गर्दै तत्काल संविधान जारी नगर्न जयशंकरमाफर्त नरेन्द्र मोदीले सन्देश पठाएका थिए। मोदीको सन्देश नेपालका दलहरुले  स्वीकार गरेनन् ।

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे।संविधान जारी भएपछि भारतले ६ महिना नाकाबन्दी नै लगायो । नाकावन्दीको देश विदेशबाट विरोध भएको थियो । त्यसका कारण पनि संविधान दिवसमा भारतीय समकक्षी मोदीलाई प्रमुख अतिथि बनाउन सके संविधानको अझ सार्थकता बढ्ने ओलीको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस