भारतीय कन्टेनरले हेटौंडामा ७ वटा गाडीलाई थिच्दा दुई जनाको मृत्यु

मंगलबार, ०७ साउन २०७६, १७ : २३
भारतीय कन्टेनरले हेटौंडामा ७ वटा गाडीलाई थिच्दा दुई जनाको मृत्यु

हेटौँडा । पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजीक भारतीय मालवाहक कन्टेनरले थिचेर दुई जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार सो दुर्घटनामा अन्य पाँच घाइते भएका छन् । कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नंको बस, को१च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे१क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो ।  

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको मालवाहक १८ चक्के भारतीय नं प्लेटको उक्त कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो । (रासस) 

प्रतिक्रिया दिनुहोस