विपी प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ

शुक्रबार, २७ असार २०७६, ०९ : १०
विपी प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ

धरान । धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
 
उनका भतिजा डा रामहरि रौनियारसहित रु आठ लाख घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राससलाई जानकारी दिनुभयो । उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिशनवापत घुस बुझ्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताउनुभयो । –रासस

प्रतिक्रिया दिनुहोस