बन्दको प्रभावः कीर्तिपुरको गेट नजिकै बम भेटियो

मंगलबार, १० असार २०७६, ०९ : ३०
बन्दको प्रभावः कीर्तिपुरको गेट नजिकै बम भेटियो

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान बम भेटिएको छ । कीर्तिपुरको नयाँबजारको गेट छेउमा रातो झण्डाले बेरेको वस्तुभित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु बिहान पाँच बजेर पाँच मिनेटमा भेटिएको हो ।

सेनाको टोलीले उक्त बम डिस्पोज गरिसकेको  महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले  जानकारी दिएका छन् । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको बन्दमा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु भेटिएपछि कीर्तिपुरका जनताबीच खैलाबैला मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस