काठमाडौँ। प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि सभामुख डीपी अर्यालले स्थगनको घोषणा गरेका हुन्।
सभामुखले आगामी बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको भनिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उक्त अभिव्यक्तिपछि सभामुखले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र आत्मालोचना गर्नुपर्ने माग राख्दै विपक्षीले सदन अवरुद्ध गर्दै आएका हुन्।
लगातारको अवरोधका कारण पछिल्ला बैठकहरू प्रभावित हुँदै आएका छन् भने प्रतिनिधिसभाको नियमित कार्यसूची अघि बढ्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, १४ : २०
लेखकबाट थप