काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले आर्थिक विधेयकमा चलखेल नभएको दाबी गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएको बताए ।
सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
करका दरसम्बन्धी सूचना चुहावट, बीवाईडी विद्युतीय गाडी भन्सार पास प्रकरण तथा अर्थ मन्त्रालयबाट अनधिकृत रूपमा करका दर हेरफेर गरिएको भन्दै विपक्षीले संसदीय छानबिन समिति माग गरिरहेको बेलामा सरकारको यस्तो जवाफ आएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, १२ : २१
लेखकबाट थप