विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेज नियमनका लागि नयाँ नियमावली तयारी अन्तिम चरणमा

सफल खबर संवाददाता

आइतबार, १० जेठ २०८३, १४ : ३९
विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेज नियमनका लागि नयाँ नियमावली तयारी अन्तिम चरणमा

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नियमावली जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशीसँग सम्बन्धनमा सञ्चालन भइरहेका कलेजहरूबारे विभिन्न गुनासो बढ्दै गएको सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको उल्लेख गरे। उनका अनुसार हाल त्यस्ता शैक्षिक संस्थाको अनुगमन र व्यवस्थापनमा देखिएका कमजोरीलाई सम्बोधन गर्न नियमावली ल्याउन लागिएको हो।

मन्त्रालयले तयार पारेको नियमावलीको प्रारम्भिक मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए। ती मन्त्रालयबाट प्राप्त राय र सुझाव समेटिएपछि अन्तिम रूप दिँदै मन्त्रिपरिषद्‍मा पेस गर्ने तयारी रहेको बताइएको

छ।

 

प्रतिक्रिया दिनुहोस